भू. पू. सैनिक स्कुल कपिलवस्तु प्रा. लि.को २३औं साधारण सभा तथा ९औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः राजेन्द्र विक्रम शाह निर्वाचित
भू. पू. सैनिक स्कुल कपिलवस्तु प्रा. लि.को २३औं वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन बाणगंगा नगरपालिका वडा नम्बर १ उप्टहवा स्थित भूपू सैनिक खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।
5/17/20261 min read


कपिलवस्तु, २ जेठ २०८३:
भू. पू. सैनिक स्कुल कपिलवस्तु प्रा.लि.को २३औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन बाणगंगा नगरपालिका वडा नम्बर १ उप्टहवा स्थित भूपू सैनिक खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजेन्द्र विक्रम शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य श्री चक्र बहादुर भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो। त्यसैगरी, कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष श्री टोप बहादुर थापा, पूर्व अध्यक्ष श्री गंगा बहादुर कार्की र ज्येष्ठ शेयरधनी श्री अमर बहादुर थापाले सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतिवेदन प्रस्तुति तथा छलफल:
साधारण सभाको सत्रमा अध्यक्ष श्री राजेन्द्र विक्रम शाहले संस्थाको वार्षिक प्रतिवेदन, विद्यालयका प्रिन्सिपल श्री डम्बर बहादुर सोमैले शैक्षिक प्रगति प्रतिवेदन र आन्तरिक लेखा परीक्षण संयोजक श्री अर्जुन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत गरिएका सम्पूर्ण प्रतिवेदनहरू सभाद्वारा सर्वसम्मत रूपमा पारित गरिएका थिए। साथै, विद्यालयको शैक्षिक गुणस्तर थप सुधार गर्न आगामी दिनमा अपनाउनुपर्ने नीति तथा आवश्यक कार्ययोजनाका विषयमा शेयरधनीहरूबीच महत्त्वपूर्ण छलफल भएको थियो।
नयाँ कार्यसमिति चयन:
नयाँ व्यवस्थापन समिति चयन गर्नका लागि श्री गंगा बहादुर कार्की, श्री तिल बहादुर झेडी र श्री अमर बहादुर थापा सम्मिलित ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो।
उक्त निर्वाचन मण्डलको औपचारिक निर्वाचन प्रक्रिया अनुसार आगामी ३ वर्षको कार्यकालका लागि श्री राजेन्द्र विक्रम शाहको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित समितिको विवरण यस प्रकार रहेको छ:
अध्यक्ष: श्री राजेन्द्र विक्रम शाह
उपाध्यक्ष: श्रीमती लक्ष्मी आले
पदेन सचिव: श्री डम्बर बहादुर सोमै (प्रिन्सिपल)
कोषाध्यक्ष: श्री प्रेम बहादुर थापा क्षेत्री
सदस्य: श्री चक्र बहादुर भण्डारी
सदस्य: श्री सूर्य गुरुङ
सदस्य: श्री जंग बहादुर क्षेत्री
सदस्य: श्रीमती भगवती पौडेल
सदस्य: पछि संचालक समितिले मनोनित गर्ने
आन्तरिक लेखा परीक्षण समिति गठन: यसै अधिवेशनले नयाँ आन्तरिक लेखा परीक्षण समिति समेत गठन गरेको छ। उक्त समितिको संयोजकमा श्री अर्जुन थापा निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा श्री नुन बहादुर राना र श्री शंकर भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
सम्पूर्ण कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल तथा नवनिर्वाचित पदेन सचिव श्री डम्बर बहादुर सोमैले गर्नुभएको थियो।
नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना!
(साधारण सभा तथा अधिवेशनका दौरान लिइएका केही तस्बिरहरू तल प्रस्तुत गरिएको छ।)












