भू. पू. सैनिक विद्यालयमा SEE २०८१ का विद्यार्थीहरुको विशेष सम्मान
भू. पू. सैनिक विद्यालयमा SEE २०८१ का विद्यार्थीहरुको विशेष सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भयो
7/3/20251 min read


बाणगंगा पुलचोक, असार १८ गते बुधबार,
दुई वर्षसम्म दशकक्षा ब्याच नहुँदा आएका यावत चुनौतीहरु विपरीत SEE परीक्षा २०८१ मा १००% A+ उत्कृष्टताको ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भूपू सैनिक स्कुलले हिजो खड्ग बौद्ध विहारमा आयोजित भव्य समारोहमा सात जना अनुशासित विद्यार्थीहरुलाई सम्मानित गर्यो।
मुख्य अतिथि र सहभागीहरु
कार्यक्रमको अध्यक्षता गर्दै प्रधानाध्यापक श्री डम्बर बहादुर सोमै, मुख्य अतिथि रूपमा व्यवस्थापन समिति अध्यक्ष श्री राजेन्द्र विक्रम शाह। उपस्थित अन्य सम्माननीय व्यक्तित्वहरु:
श्री गङ्गा बहादुर कार्की (पूर्व अध्यक्ष, व्यवस्थापन समिति)
श्रीमती सरस्वती पाण्डे (टोल विकास संस्था, बंगंगा पुलचोकको सचिव)
श्रीमती लक्ष्मी सारू (उपाध्यक्ष, व्यवस्थापन समिति)
श्री चक्र बहादुर भण्डारी र श्री सूर्य गुरुङ (सदस्य, व्यवस्थापन समिति)
SEE उत्तीर्ण विद्यार्थीहरुका अभिभावक, वर्तमान कक्षा १० का विद्यार्थी र सम्पूर्ण शिक्षकगण।
कार्यक्रमका प्रमुख बिन्दुहरु
कार्यक्रम संचालन:
श्रीमती सङ्गीता कार्की (नेपाली तथा सामाजिक अध्ययन शिक्षिका)शुभारम्भ:
स्वास्थ्य तथा शारीरिक शिक्षक श्री प्रेम गुरुङ द्वारा स्वागत मन्तव्य। SEE प्रतिनिधि श्रीमती बिनिता नेपालीले "अवरोधलाई सफलतामा परिणत गर्ने अनुभव" साझा गरिन्।सम्मान:
मुख्य अतिथि श्री शाह र अन्य गणमान्य व्यक्तिहरुले SEE विद्यार्थीहरुलाई "उत्कृष्टताको प्रमाणपत्र" र खादा-टिका प्रदान गर्नुभयो। समर्पित विषयगुरुहरुलाई "सराहना प्रमाणपत्र" ले सम्मानित गरियो।अन्य शुभकामना मन्तव्यहरु:
श्रीमती लक्ष्मी सारू, श्रीमती सरस्वति पाण्डे र श्री चक्र बहादुर भण्डारी ले यस सफलतालाई "विद्यालयको इतिहासमा मीलदण्ड" र भविष्यका ब्याचका लागि "आशाको संचार" बताउँदै कार्यक्रमलाई गरिमा प्रदान गर्नुभयो। मुख्य अतिथि श्री राजेन्द्र बिक्रम शाह ले सीमित स्रोतविपरीत कराटे, नृत्य र संगीत मार्फत विद्यार्थीहरुको "बहुआयामिक विकास" मा विद्यालयले गरेको प्रतिबद्धतामा जोड दिनुभयो साथै यो नतिजाले एउटा नयाँ विश्वास थपेको र स्कुल प्रतिको अतिरन्जित मिथ्या आरोपलाई खण्डन गर्न सफल भएको कुरामा जोड दिनुभयो । सपनालाई साकार गर्ने यो यात्रा समुदायको एकात्मकता र संघर्षको जीवन्त प्रतिक हो। विद्यालय अब भविष्यका ब्याचहरुका लागि नयाँ मानदण्ड स्थापित गर्न तत्पर छ भनेर भन्नुभयो ।समापन:
अध्यक्ष श्री डम्बर बहादुर सोमैले यस नतिजालाई "अपेक्षाभन्दा पर" बताउँदै योगदानकर्ताहरुको प्रशंसा गरे:"यो सामूहिक सफलता विद्यार्थीहरुको अनुशासन, बुद्धिमत्तापूर्ण परिश्रम, र लगनशीलता, हस्टेल अवधिमा शिक्षकहरुको अनथक समर्पण, र अभिभावकहरुको अटुट विश्वासको परिणाम हो।"







































