कोलाबोरेटिभ स्पेलिंग बी देखि हंगम्यान वर्ड गेम सम्म

शुक्रबारीय कार्यक्रम अन्तर्गत हाम्रो यस भूतपूर्व सैनिक स्कुलमा विविध अतिरिक्त क्रियाकलापहरु संचालन भएका थिए।

11/22/2024

२०८१ साल मङ्सिर ७ गते शुक्रबार

आज शुक्रबारीय कार्यक्रम अन्तर्गत हाम्रो यस भूतपूर्व सैनिक स्कुलमा विविध अतिरिक्त क्रियाकलापहरु संचालन भएका थिए। भर्खरै मात्र १८ औं एस क्यु सी को राष्ट्रिय सम्मेलन काठमाण्डौमा सहभागी भएर फर्किएका विद्यार्थीहरुको समूह इकिगाई क्वालिटी सर्कलको संयोजकत्त्वमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरु माझ कोलाबोरेटिभ स्पेलिंग बी (Collaborative Spelling Bee) प्रतियोगिता सम्पन्न भयो। उक्त कार्यक्रम एस क्यु सी फेसिलीटेटर एवं शिक्षिका अन्चला चौधरीले संचालन एवं एस क्यु सी विद्यार्थीहरु गुराँस पल्ली, दिया छेत्री, अशिम पाण्डे, किर्तन कार्की, प्रविन घर्ति मगरले संयुक्त रुपमा व्यवस्थापन गर्नुभएको थियो।

कक्षा १ र २ का विद्यार्थीहरुको लागि 'मेरो परिवार' भन्ने विषयवस्तुमा एकल आर्ट र कोलाज बनाउने प्रतियोगिता राखिएको थियो र यस कार्यक्रमको संयोजन शिक्षिका द्वय सरस्वति पाण्डे र दिपिका श्रेष्ठले गर्नुभएको थियो भने कक्षा ३ र ४ क विद्यार्थीहरुलाई 'भविष्यको सपना' भन्ने विषयवस्तुमा कोलाबोरेटिभ आर्ट एण्ड कोलाज मेकिङ्ग (Collaborative Art & Collage) प्रतियोगिता राखिएको थियो। जसको संयोजन शिक्षिकाहरु रुबिना गुरुङ, निशा बन्जाडे र पुजा सारुले गर्नुभएको थियो।

त्यसैगरी कक्षा ५ र ६ का विद्यार्थीका लागि हंग म्यान वर्ड गेमको आयोजना गरिएको थियो र यो खेलको संचालन कम्प्युटर शिक्षक नबिन पाण्डेले गर्नुभएको थियो। यो खेल मनोरन्जनात्मक थियो भने अन्य प्रतियोगिताको नतिजा प्रकासन र पुरस्कार वितरण आगामी आइतबार मर्निङ्ग एसेम्बलीमा हुने जानकारी प्रधानाध्यापक श्री डम्बर बहादुर सोमैले दिनुभयो।