दुई वर्षको अन्तरालपछि भुपु सैनिक स्कुलको ऐतिहासिक उपलब्धि: SEE २०८१ मा १००% A+ सहित उत्तीर्ण!

भूपू सैनिक स्कुलले SEE परीक्षा २०८१ मा अभूतपूर्व सफलता हासिल गर्दै सबै ७ विद्यार्थीहरु A+ (३.६ GPA भन्दा माथि) सहित उत्तीर्ण भएका छन् !

6/28/20251 min read

"दुई वर्षको अन्तरालपछि भूपू सैनिक स्कुलको ऐतिहासिक उपलब्धि: SEE २०८१ मा १००% A+ सहित उत्तीर्ण!"

भू. पू.  सैनिक स्कुलले आज ऐतिहासिक उपलब्धि हासिल गर्दै SEE २०८१ को परीक्षामा १००% A+ ग्रेड सहित उत्तीर्ण हुने गौरव प्राप्त गरेको छ। दुई वर्षको अन्तरालपछि विद्यालयमा दश कक्षा ब्याच नहुँदा आएका विभिन्न चुनौतीहरु तथा सीमित स्रोत साधनको बावजुद यो सफलता हासिल गर्न सफल भएको छ। विद्यालयका ७ जना अनुशासित विद्यार्थीहरुले ३.६ भन्दा माथि GPA प्राप्त गरेका छन्।

यस अभूतपूर्व सफलताको श्रेय विद्यालयका समर्पित विषयगुरुहरु, विद्यार्थीहरुका अभिभावक, विद्यालय प्रशासन तथा व्यवस्थापन समितिको दूरदर्शी नेतृत्वलाई जान्छ। विषयगुरुहरुमा नेपाली शिक्षिका सङ्गीता कार्की ज्यू, अंग्रेजी शिक्षिका बालकुमारी गैरे ज्यू, गणित शिक्षिका अञ्चला थारु ज्यू, विज्ञान शिक्षक सुरेश जी.सी. ज्यू, कम्प्युटर शिक्षक विजय कुँवर ज्यू लगायत सम्पूर्ण शिक्षकशिक्षिकाहरुको अथक प्रयास यस सफलताको आधार बनेको छ। साथै, हाम्रा विद्यार्थीहरुको हस्टेल बसाइको क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने शिक्षकहरु प्रेम गुरुङ, नबिन पाण्डे, निशा बन्जाडे, सिता थापा लगायत प्रति पनि हार्दिक आभार व्यक्त गर्दछौं। अन्य सम्पूर्ण शिक्षकहरुको नैतिक सहयोग र सुझावहरुको लागी पनि धन्यवाद ज्ञापन गर्दछौँ। विद्यार्थीहरुका अभिभावकहरुप्रति विशेष कृतज्ञता: तपाईंहरुको अटुट विश्वास, धैर्य तथा सहयोग बिना यो सफलता सम्भव थिएन। यस उपलब्धिमा विद्यालयका प्रधानाध्यापक श्री डम्बर बहादुर सोमै ज्यू तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री राजेन्द्र विक्रम शाह ज्यूको दूरदर्शी नेतृत्व र सम्पूर्ण व्यवस्थापन टोलीको अमूल्य योगदान रहेको छ। भूपू सैनिक स्कुल परिवारको यो ऐतिहासिक सफलताले विद्यालयलाई नयाँ उचाइमा पुर्याएको छ। हामी यस सफलतालाई भविष्यका लागि प्रेरणाको स्रोत बनाउने विश्वास राख्दछौं।

सबैलाई धन्यवाद र बधाई!🙏